मालपोत कार्यालय पर्साका तत्कालीन ५ अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन पाँच जना अधिकृतसहित १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रूपैयाँ बिगो दाबी गरेको छ । यस्तै मालपोत अधिकृत भूपबहादुर बोगटीविरूद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रूपैयाँ, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरूद्ध ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पदमप्रसाद अर्यालविरूद्ध १६ लाख ८१ हजार छ सय रूपैयाँ बराबरको बिगो र कैदको माग दाबी गरेको छ ।

यस्तै मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरूद्ध दुई लाख ४४ हजार चार सय ६२ रूपैयाँ, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरूद्ध एक करोड ४१ लाख ४७ एक सय ७१ रूपैयाँ, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ रूपैयाँ बराबरको बिगो र कैद दाबी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर