पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर ३८ लाख ठगीगर्ने महिला पक्राउ

प्रहरीले वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –१० घर भइ हाल काठमाडौंको नागार्जुन–६ रामकोट बस्दै आएकी ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छिन्।

उनले राज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै त्यसका लागि ८ लाख लाग्ने र उता पुगेपछि मासिक १ लाख ५० हजार कमाइ हुने भनी विश्वासमा लिएर पीडितहरुबाट पटकपटक गरी ३८ लाख रुपैयाँ लिएकी थिइन्।
तर उक्त रकम हात पारिसकेपछि सुनिता फरार भइन्।

उनी सम्पर्कमै नआएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए। वैदेशिक रोजगारको पत्रअनुसार प्रहरीले उनलाई मंगलबार काठमाडौं‌–२४ इन्द्रचोकबाट फेला पारी पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर