भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका नासु र खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा

भूमिसुधार तथा मालपोत कार्यालय, इनरूवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा उनीहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई सो घुस रकमसहित गत असोज १२ गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानमा उनीहरूले घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूले आपसी मिलोमतो तथा योजनामा अंशबण्डा नामसारी गरिदिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार रूपैयाँ पुष्टि भएको र घुस रकम बरारब बिगो कायम गरी मुद्दा दर्ता गरिएको दाहालले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर