इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गोरखाको पृथ्वीनारायण नगरपालिका-६ घर भई काठमाडौंको तार्केश्चर नगरपालिका-१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठ पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकाले उनीविरूद्ध जनक बरालसहित ५ जनाले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *