न्याम्स र एपीएफ अस्पतालबीच सम्झौता

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र नेपाल एपीएफ अस्पतालबीच शैक्षिक कार्यक्रम आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डारुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा शैक्षिक कार्यक्रम आदान प्रदान तथा वृत्तिविकासको लागि सहकार्य गर्ने उल्लेख छ । यसैगरी नेपाल एपीएफ अस्पतालमा नर्सिङ क्याम्पस स्थापना गर्ने र मेडिकल कलेजको सम्भाव्यता अध्ययनको योजना समेत रहेको छ ।

कार्यक्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पहिलो पटक स्वास्थ्य मन्त्रालयले सुरक्षा निकायलाई समेत विदेश अध्ययनको कोटा प्रदान गरी नेपाल एपीएफ अस्पतालबाट डासुमित्रा थापालाई थाईल्याण्डमा हुने सातौं एशियाली र प्रशान्त जनसंख्या सम्मेलन विषयक कार्यक्रममा मनोनित गरिएको जानकारी दिए । उनले यस प्रकारका सम्झौताले दुवै निकायवीच शैक्षिक कार्यक्रमको विकासमा उल्लेखनीय योगदान पुग्ने समेत बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने संगठनको उद्देश्य रहेको बताउदै सीमा क्षेत्रका सर्वसाधारणहरुलाई फाईदा पुग्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु विस्तार गर्ने बिषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल समेत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाई लगायत मन्त्रालयका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *