विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले निशुल्क बैंकक आउजाउको हवाई टिकट मागेको आरोप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि खटिएको नेपाल प्रहरीको इकाई विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले तिहारमा सपरिवारका लागि नेपाल वायु सेवा निगममा निशुल्क टिकट मागेको आरोप लागेको छ ।

उनले तिहारमा थाइल्याण्डको बैंकक जानेआउने टिकट नेपाल वायु सेवा निगमलाई पत्र लेखेर माग गरेको आरोप लागेको हो ।

जनआस्था साप्ताहिकको अनलाईन संस्करणमा प्रकाशित समाचारका अनुसार तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको उल्लेख छ ।

समाचारका अनुसार उनले परिवारका चार जना सदस्यलाई बैंकक भ्रमणको निम्ति निःशुल्क टिकटको प्रबन्ध गरिदिन आग्रह गरेका हुन् । डीआइजीको लिखित आग्रहका विषयमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत जानकार रहेको जनआस्थाले जनाएको छ ।

मन्त्री किरातीले डीआइजीले पत्रै काटेर निशुल्क टिकट मागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएको स्रोतलाई उल्लेखगर्दै समाचार लेखिएको छ । समाचारमा एकजना मन्त्रीको भनाईमा लेखिएको छ, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू रु ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन, पान पराग,खैनी, म्यानपावरमा छ्याकन हान्दैनन् ?’

पर्दाफासले समाचारका विषयमा थप बुझ्न प्रहरी प्रधान कार्यालयस्थित एकजना उच्च प्रहरी अधिकारीलाई सम्पर्क गरेको थियो । ती अधिकारीले विमानस्थल सुरक्षा प्रमुखहरुले विगतबाट नै सुविधा लिने गरेको आफुले थाह पाएको तर त्यो गलत भएको बताए । उनले भने, ‘डीआईजी चन्दका विषयमा अहिलेसम्म मुख्यालयमा केही जानकारी नआएको बताए । के रहेछ हामी बुझ्छौ‌ सत्य रहेछ भने कारबाही हुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर