दीपावलीका यस्ता छन् अनेकन धार्मिक पक्ष

हिन्दु धर्मावलम्बीको ठूलो पर्व मध्ये एक हो दिवाली÷दिपावली । उज्यालोको पर्व हो दीपावली । अन्धकार हटाएर उज्यालो भित्र्याउने पर्व हो दीपावली । औंसीको अँध्यारो रातमा झिलिमिली दियो, बत्ती बालेर दिपावली मनाईन्छ । यो दीपोत्सव हो । ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो दीपावली । दीपावलीमा बालिने दियोलाई स्कन्द पुराणमा सूर्यको एक रुपका तवरमा अर्थ्याइएकाे छ ।

यो पर्व नेपाल र भारत सहित फिजी, गुयाना, मलेशिया, मौरिसस, म्यानमार, सिंगापुर, श्रीलंका, लगायतका देशमा धुमधामका साथ मनाईन्छ । यो पर्व कति लोकप्रिय छ भने यस वर्षदेखि अमेरीकाको न्यूयोर्कमा पनि दिपावलीको दिन बिदा दिने निर्णय भएको छ । न्यूयोर्क शहरले एक कानून नै बनाएर दीपावलीका दिन शहरका सबै विद्यालयमा विदा दिने निर्णय गरेको छ ।

सुख, समृद्धी र धनकी देवी लक्ष्मिको पूजा गरिने दिपावलीमा घर, मन्दिरका ढोका, झ्यालमा दियो बालेर उज्यालो बर्नाइन्छ । तर, यो पर्वको केही धार्मिक र ऐतिहासिक कारण पनि छ ।

माता लक्ष्मी

विभिन्न धार्मिक ग्रन्थहरुमा दीपावलीको दिन लक्ष्मी माताको जन्म भएको थियो । माता लक्ष्मी धनकी देवी हुन् । हिन्दु धर्म र शास्त्र अनुसार कार्तिक महिनाको औंशीको रातमा समुन्द्र मन्थन गर्दा माता लक्ष्मीको जन्म भएको बताइन्छ । त्यसैले दीपावलीको दिन माता लक्ष्मीको पूजा गरिन्छ ।

भगवान विष्णुले माता लक्ष्मीलाई बली राजाबाट बचाएका थिए । वामनको रुपमा भगवान विष्णुका पाँचौं अवतारले माता लक्ष्मीलाई राजा बालीको गिरफ्तारीबाट बचाएका थिए । त्यसैले यस दिन माता लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपुजाको दिन बिहानै गाईको पुजा गरिन्छ । गाईलाई लक्ष्मी अथवा आमाको रुप मानिन्छ । कुनै कारणवश जन्म दिने आमाको मृत्यु भएमा । आमाको दूध नआएमा गाईको दूध पिलाएर बालकलाई हुकाईन्छ । त्यसैले गाईलाई माताका रुपमा लिईन्छ । गौ माताको पिसाब, पूजा र चोखो हुनलाई प्रयोग गरिन्छ । गाईको गोबरबाट खेतवारी मलिलो हुन्छ । गोवरको प्रयोग भएको या लिपेको ठाउँमा किटाणु९रोग० फैलिदैन भन्ने मान्यता रहेको छ । यसैकारण गौ माताको पूजा गरिन्छ । वैदिककालमा गाई सम्पन्नताको प्रतिक थियो । आफू पूजाबाट दीपावलीमा माता लक्ष्मी प्रशन्न हुन्छन् । र, सुख, शान्ती तथा समृद्धिको आर्शीवाद दिन्छन् । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार घरमा दियो जलाउनाले घर शुभ हुन्छ । घरमा सुख, शान्ती तथा समृद्धीले प्रवेश गर्छ ।

भगवान रामको आयोध्या आगमन

मर्यादा पुरुष भगवान श्री राम अयोध्या फर्केको खुसीमा पनि दीपावली मनाईन्छ । भगवान रामसँगै १४ वर्षे वनवासमा रहेकी माता सीतालाई रावणले हरण गरेर लग्यो । भगवान रामले ठूलो युद्ध मार्फत रावणलाई हराएर माता सीतालाई बन्धनबाट मुक्त गराए । त्यसपछि भगवान राम माता सीता र लक्ष्मण सहित अयोध्या फर्किए ।

माता सीता सहित राम अयोध्या फर्किएपछि आयोध्याबासीले खुसीमा रमाउँदै माता सीता र भगवान रामको स्वागतमा सम्पूर्ण राज्यभरी दिप बाले । दीपावलीलाई भगवान रामको जीत, रावणको हार, अर्थात सत्यको जीत र असत्यको हारका रुपमा पनि मनाईन्छ । भगवान राम र माता सीता घर फर्केको खुसीको उत्सवका रुपमा पनि दीपावली मनाईन्छ ।

दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्धरक्रमबद्ध हो । जब दीप र आवली शब्द एक आपसमा मिलेर दीपावली बन्छ । तेत्रायुगमा भगवान श्री राम, लक्ष्मण तथा सीता अयोध्या फर्किदा अयोध्यावासीले भगवानको आगमनको खुशीमा भगवानका प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दीपावली मनाउन थालिएको विश्वास छ ।

नरकासुर वध

भगवान श्रीकृष्णले नरकासुरको वध गरेको खुसीमा पनि दीपावली मनाईन्छ । दानवका राजा नरकासुरले तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) मा आक्रमण गरेर देवी–देवताहरूमाथि अत्याचार गरेका थिए । भगवान श्रीकृष्णले नरकासुरको वध गरी १६ हजार नारीहरूलाई नरकासुरको बन्धनबाट मुक्त गरेका थिए । नरकासुरमाथिको जितको खुसी दूई दिनसम्म मनाइएको थियो । जसमा दीपावली मुख्य दिन थियो । दीपावलीको पहिलो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ र त्यसबेलादेखि आजसम्म चतुर्दशी तिथीलाई नरक चतुर्दशीका रूपमा मनाइन्छ ।

पाण्डवको घर फिर्ति

पाण्डवहरू वनबासबाट फर्किएको खुसीमा पनि दीपावली मनाईन्छ । हिन्दू धर्मग्रन्थ महाभारतको कथा अनुसार वनवासपछि कार्तिक अमावस्याका दिन पाण्डव हस्तिनापुर फर्किएका थिए । उनीहरुको आगमनको खुसीमा स्वागत गर्न जनताले राज्यभर दीप प्रज्वलन गरेका थिए । यही सम्झनामा दीपावली मनाईन्छ ।

यस्तै अर्को विश्वासमा दानवहरुको ठूलो मनपरीले देवता तथा मानिसलाई दुःख दिए । देवताहरुले भगवानलाई आराधना गरेर दानवलाई परास्ता गरे । यसरी देवताहरुको राज्य स्थापना गरेको खुसीमा बलिराजले यो पर्व मनाउन शुरु गराएको भन्ने चलन रहेको छ ।

दीवापली पर्वलाई यमपञ्चक पनि भनिन्छ । हामी नेपालीका लागि यो पर्व बडादशैं पछाडिको दोस्रो ठूलो पर्व हो । यस पञ्चकका पाँचदिन जसले घर, आँगन, करेसा स्वच्छ र सफा राखेर दीप सजाएर भगवानको पूजा आराधना गर्छ उसको घरमा मृत्यु पर्ने छैन भनी धर्मराजले बरदान दिएको थिए भनिन्छ । यसले पनि यमपञ्चक दीपावलीको बढी नै महत्व देखिन्छ । यमपञ्चकभर नै तास,पिङ्ग, कौडा खेलेर रमाईलो पनि गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *