सर्वोच्च अदालत तिहार बिदामा पनि खुला रहने

दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवा दिने भएको छ। बन्दी प्रत्यक्षीकरण, निवेदन दर्तालगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो।

सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी तोकेको छ।

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ।

कात्तिक २९ गते बुधबार भाइटीकाको दिन भने अदालत बन्द रहनेछ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म इजलास रहनेछ।

बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरू बिहान १० बजे नै अदालतमा उपस्थित हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर