हत्या अभियोगमा आठ जना पक्राउ

बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जना पक्राउ परेका छन् ।

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका-६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारू र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो ।

कात्तिक २६ गते राति २३ वर्षका वरूण घिमिरेलाई पुरानो रिसइबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका-६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका-३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर