इलाम बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

मेची राजमार्गअन्तर्गत इलामकाे रोङ गाउँपालिका-३, कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९, धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो ।

विर्तामोडस्थित बीएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

दुर्घटनामा आइतबार साँझ वडा नंं. ९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको उनले बताए ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीन जनाको मत्यु भइसकेको छ भने ३३ जनाको हाल बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका-२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर