टिकटक प्रतिबन्धविरूद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

चिनियाँ सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेका रिटमा सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो । यसअघि सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेका छन् ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर