सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ।

विमानस्थलको आगमन गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको करिब २७२.३७ ग्राम सुनसहित काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठ सोमबार राति पक्राउ परेका हुन्।

जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटम बनाई प्लाष्टिकले बेरेर ल्याएको करिब २१७.४० ग्राम सुन फेला परेपछि उनी पक्राउ परेका हुन्।

बरामद सुनसहित उनलाई मंगलबार भन्सार कार्यालय सिनामंगल बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर