दुर्गा प्रसाईं समुहले आज देखि तीनकुनेमा प्रर्दशन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवार (आज)बाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले आजबाट भने हिजो एमालेको युवा– विद्यार्थीले प्रदर्शन गरेको स्थान तीनकुने काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।

उनले आफनो नेतृत्वमा शुक्रबारबाट तीनकुनेमा प्रर्दशन हुने बिहिबार बेलुकीब ताएका थिए । उनले भनेका थिए, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’

पहिलो दिन बिहिबार काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो।

बल्खुमा प्रसाईंका समर्थक र प्रहरीका बीचमा झडप भएको थियो ।
उनका समर्थकहरुले प्रहरी घेरा तोडेर जर्वजस्त त्रिपुरेश्वर हिड्ने भनेर अगाडी बढ्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा, १५७ राउण्ड अश्रुग्याँस, ५ राउण्ड रवरको गोली समेत प्रहार गरेको थियो ।

बैंकबाट चर्काे ऋण लिएका उनी अहिले ऋण तिर्न नसकेपछि २० लाख सम्मका ऋणीको ऋण मिनाहको नारा दिएर सर्वसाधारणलाई राजावादी आवरणमा आन्दोलनमा उतारिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर