हमासले बन्धक बनाएका २४ जना रिहा, पहिलो चरणमा छुटेनन् विपिन

हमासले २४ जना बन्दीलाई रिहा गरेको छ।  उनीहरूमध्ये १३ जना इजरायली, १० जना थाई र एकजना फिलिपिन्सका नागरिक रहेको मध्यस्थकर्ताको भूमिकामा रहेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।

सुरुमा थाइल्यान्ड र इजिप्टले १२ जना थाई नागरिक रिहा भएको बताएका थिए । हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो । रेडक्रसले उनीहरूलाई इजिप्टको बाटो हुँदै इजरायल ल्याएको हो ।

यता इजरायलले बालबालिका र महिलासहित ३९ जना प्यालेस्टाइनी नागरिकलाई रिहा गरेको छ ।बीबीसीका अनुसार हमासबाट रिहा भएका थाइल्यान्डका सबै नागरिक पुरुष हुन्। उनीहरूलाई ४८ घण्टासम्म मेडिकल सुविधा दिइने छ ।

अल्जजिराका अनुसार हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुन सक्ने विश्वास गरिएको छ। अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।

कतार र इजिप्टको मध्यस्थतामा हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ। त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने जनाइएको छ। इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ ।

बाँकी रहेका अरू बन्दीलाई विभिन्न चरणमा छाडिने जनाइएको छ । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार उनी पनि हमासकै नियन्त्रणमा रहेका छन्। तर, उनी पहिलो चरणमा छुटेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर