सशस्त्र प्रहरीमा हवल्दारदेखि वरिष्ठ सईसम्म बढुवाका लागि निवेदन माग

सशस्त्र प्रहरी बल, नेपालले एकसाथ हवल्दारदेखि वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सम्मको पदमा बढुवाका लागि निवेदन माग गरेको छ ।

हाल रिक्त रहेका एवं रिक्त हुन आउने हवल्दार, वरिष्ठ हवल्दार, नायब निरीक्षक (सई) र वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाद्वारा पदपूर्तिका लागि बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सूचना निकालिएको हो ।

बढुवाका सम्भाव्य उम्मेदवारहरूलाई यही मंसिर १७ गतेभित्र बढुवा प्रयोजनार्थ आवश्यक आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका प्रमाणपत्रहरू संलग्न गरी नियमावलीबमोजिम मूल्यांकन फारम भरेर सशस्त्र प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।

हेराैं सूचनाहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *