स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित बल्खुबाट एक जना पक्राउ

काठमाडौं महानगरपालिका(१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बाप्र०२ १७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर