नेपाली सेनाका १३८ जना मेजर, क्याप्टेन र लेफ्टिनेन्टको सरुवा

नेपाली सेनाले एकै पटक १३८ जना अधिकृतहरुको सरुवा गरेको छ । सेनाको सैनिक सचिव विभागले मेजर, क्याप्टेन र लेफ्टिनेन्टको हरुको आजदेखि लागु हुनेगरी सरुवा गरेको हो ।

सरुवा सूची अनुसार ६० जना सेनानी, ६० जना सहसेनानी र १७ जना उपसेनानीको सरुवा भएको छ ।

अधिकृत सरुवा, काज नियुक्ति निर्देशिका २०७७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७८, युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा गरिएको र मानवीय आधारमा सरुवाको लागि निवेदन प्राप्त भएकोलाई प्राथमिकतामा राखेर सरुवा गरिएको उल्लेख छ । उनीहरुलाई १५ दिनभित्र सम्बन्धित युनिटमा हाजिर हुन आदेश दिइएको छ ।

हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर