नक्कली भुटनाी शरणार्थी प्रकरण

टोपबहादुर र सचिव पाण्डेलाई थुनामै राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितलाई थुनामै राख्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश गरेको हो।

यस्तै इन्द्रजित राई, आङटावा शेर्पालाई पनि थुनामै आदेश भएको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।

खाणका हकमा न्यायाधीशहरूबीच राय बाझिएको भएको छ। रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख रूपैयाँ धरौटी मागिएको छ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख रूपैयाँ धरौटी मागिएको छ। टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।

रामशरण केसीसँग १५ लाख रूपैयाँ धरौटी मागिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर