नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणबारे बाझियो न्यायाधीशहरूको राय, तेस्रो न्यायाधीशकहाँ पेस हुने

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस सम्बन्धमा आदेश सुनाएको छ। न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्ट्याउनुपर्ने र ३० लाख रूपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका छन्।

अर्कातिर अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउन नसकिने बताए।

अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेस हुनेछ। तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन। गोलाप्रथाबाट इजलास तोकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर