कोशी प्रदेशका मन्त्रीहरूले पाए जिम्मेवारी

कोशी प्रदेशका तीन जना मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मन्त्रिमण्डलमा रहेका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र नेकपा (एमाले) का राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए ।

त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *