हिमालयन रिइन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजार बढीले दिए आवेदन

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले आवेदन भरेका छन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर ४ गते आईपीओको बिक्री खुला गरेकामा ३४ हजार २११ जनाले आवेदन भरेका हुन्।

वैदेशिक रोजगगारीमा रहेर आईपीओमा आवेदन भर्नेको यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि कुनै पनि कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएकाहरूमध्ये ३० हजार ३४८ जनाभन्दा बढीले आवेदन भरेका थिएनन्। उनीहरूले १६ लाख ९० हजार कित्ता माग गरेका थिए।

तर, हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीबाट माग भएको छ। उनीहरूका लागि आवेदन भर्ने म्याद मंसिर १८ सम्म थियो। कम्पनीले अंकित मूल्य १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थपेर २०६ रूपैयाँका दरले शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको जारी पुँजी १० अर्ब रूपैयाँ छ। यसको ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ। यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरूले ३० लाख कित्ता शेयर पाउने छन्। कम्पनीले आवेदनबाट आफू निकै उत्साही भएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *