घरमा यी सामान्य फेरबदलले नै ल्याउछ शान्ति र समृद्धि

हामी धेरैले वास्तु शास्त्रमा विश्वास राख्छौं । यस्तै हामीले सुन्दै र भोग्दै आएका आम विश्वासलाई पनि स्वीकार गरेका छौं । हाम्रो धार्मिक परम्परा र सांस्कृतिक मूल्य मान्यता अनुसार घरमा यी केही सामान्य फेरबदल गर्नाले सुख र सम्बृद्धीको आगमन हुने विश्वास गरिएको छ।

पहिलो त घरको मुख्य प्रवेशद्वारमा सुख्खा फूल, पातहरू आदि छन् भने हटाउनुहोस । घरको मुलद्वारमा यी वस्तु आउन नदिनुहोस । यसले घरमा शुभ ऊर्जाको प्रवेशमा कुनै बाधा उत्पन्न हुन् दिँदैन् ।

घरको सबै कोठामा घडी उत्तर वा पूर्व भित्तामा राख्नुपर्छ ताकि घडी हेर्दा हाम्रो अनुहार पूर्व वा उत्तर दिशा वा शुभ दिशामा होस् ।

राम्रो स्वास्थ्यको लागि उत्तर दिशा तर्फ खुट्टा राखेर सुत्नुको अर्थ आर्थिक, मानसिक तथा शारीरिक प्रगति राम्रो हुनेछ ।

ओछ्यानको अगाडि ऐना वा मिरर वार्डरोब नराख्नुहोस्। यसो गर्दा शरीरमा ऊर्जाको कमी हुन्छ र रोगहरु बढ्छ ।

घरमा सुखी र समृद्ध जीवनको लागि टुटेको ऐना, भाँचिएको खेलौना, टुटेको फर्निचर आदि वस्तु भण्डार नगर्नुहोस्।

पूर्ण प्रगति र सफल सक्रिय जीवनको लागि, घरमा बन्द घडीहरू राख्नु हुँदैन।

सुत्ने समयमा ओछ्यान घरको दक्षिण वा पश्चिम दिशामा हुनुपर्छ, यसको अर्थ राम्रो स्वास्थ्य र समृद्धि हो।

घरमा २५ देखि ६० वर्षसम्म कमाउने व्यक्तिले उत्तर दिशामा खुट्टा राखेर सुत्नु पर्छ । उत्तर दिशा प्रगतिशील छ, त्यसैले कुनै पनि काम उत्तर दिशामा फर्केर गर्नुहोस्।

सुत्ने कोठामा भगवानको मुर्ति, फोटो नयाँ हुनुपर्छ ।

सुख र समृद्धिको लागि घरको मुख्य प्रवेशद्वारको अगाडि बालाजीको तस्विर राख्नुपर्छ।

घरमा नकारात्मक ऊर्जा प्रवेश गर्नबाट बच्न मुख्य प्रवेशद्वार नजिक तुलसी रोप्नुपर्छ ।

हप्तामा एक पटक नुनपानीले भुइँ पुछ्दा घरमा सुख र समृद्धि कायम रहन्छ।

नयाँ घर बनाउँदा वा किन्दा घरको आकार आयताकार वा वर्गाकार हुनुपर्छ ।

नयाँ फ्ल्याछ किन्दा पहिलो र अन्तिम तल्लामा कहिले नकिन्नुहोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर