एनसेलको शेयर बिक्री रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले दूरसञ्चार कम्पनी एनसेलको शेयर बिक्री रोक्न आदेश दिएको छ। आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेपछि विवाद भइरहेका समय उच्च अदालतको यस्तो आदेश आएको हो।

उच्च अदालतले एनसेलको सेयर बिक्री नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

कानुन व्यवसायी गोकुलबहादुर रोकायाले दर्ता गरेको रिटमा न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले शेयर बिक्री कारोबार नगर्नू÷ नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।

अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा लागि समेत बोलाएको छ।

दूरसञ्चार प्राधिकरणले पूर्वस्वीकृतिबिना शेयर खरिद बिक्री नगर्नु भनी पत्र लेख्दा लेख्दै पनि विपक्षीले सरकारलाई तिर्नु÷बुझाउनुपर्ने कर पुँजीगत लाभकरसमेत छल्ने उद्देश्यबाट विदेशमा कम्पनी खोली शेयर बिक्री गरेको हुँदा गैरकानुनी कारोबार भएको भन्दै यसलाई कानुनी मान्यता नदिन माग सहित रोकायले अदालतमा रिट दर्ता गरेका थिए। यसलाई कानुनी मान्यता दिन नमिल्ने उनको जिकिर छ।

विपक्षी आजिएटाले बुझाउनुपर्ने पुँजीगत लाभकर विदेशी मुद्रा नेपालमा पठाई तिर्नु बुझाउनु पर्नेमा ठूलो मात्रमा विदेशी मुद्रा अपचलन गरी सेयर धनी मिली एनसेलले नेपालमा आर्जन गरेको नेपाली मुद्राबाट पुँजीगत लाभकर तिरेको समेत रिटमा दाबी गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर