माल्टा पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगेकाे आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै सात लाख पाँच हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जुम्लाको हिमा गाउँपालिका-५ घर भई काठमाडौँको डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
 शाहीले दुई जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी गरेको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *