पोखरामा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

कास्कीको पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्य सहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-६, खहरेका वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही वडाको लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, सोही स्थान बस्ने २२ वर्षीय प्रवीण विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल पक्राउ परेका हुन् ।

लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत उनीहरूले धम्की दिएर प्रतिव्यक्ति १३ हजार ५०० रूपैयाँ लिएको र फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरूको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरू जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर