माफिया-आतंकवादी संगठनले पञ्जाबदेखि क्यानडासम्म कसरी भारतविरूद्ध अस्थिरता फैलाइरहेका छन्

गैरकानूनी गतिविधि (रोकथाम) ऐनले प्रतिबन्धित आतंकवादी लखबीर सिंह रोडेको पाकिस्तानमा मृत्यु भएको छ। ८० को दशकमा दमदमी टक्सालका पञ्जाब विद्रोह प्रमुख जर्नेल सिंह भिरन्दनवालेको भतिजा भएको कारण लखबीर र उनका भाइ जसबिर सिंह रोडेले आफुलाई खालिस्तानी पृथकतावादी नेता भएको दाबी गरेका थिए।

लखबीर सिंह रोडे, २०२१ लुधियाना अदालत परिसर विस्फोटका मुख्य आरोपी थिए। एनआईएले उनलाई हतियार, इम्प्रोभाइज्ड विस्फोटक उपकरण, गोला बारूद, कस्टम मेड टिफिन बम र लागूपदार्थ सहित आतंकवादी हार्डवेयरको खेप पाकिस्तानबाट भारतमा पञ्जाबमा आतंकवादी विस्फोट गराउनको लागि तस्करी गरेको आरोप लगाएको थियो। उनको मृत्युको दुई दिन पछि, पञ्जाब पुलिसले बेलायतमा रहेको रोडेका सहयोगी परमजीत सिंह धाडीलाई अमृतसरबाट आतंकवादी कोष र पञ्जाबमा अन्य विध्वंसक गतिविधिहरूू मा उनको भूमिकाको लागि पक्राउ गरेको थियो।

यस वर्ष पृथकतावादी संगठन ‘वारिस पञ्जाब दे’, यसका भिन्द्रनवाले शैलीका नेता अमृतपाल सिंह सन्धु, क्यानडामा भारतीय सिख समुदायका गुण्डाहरू, पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमापारबाट लागुऔषध र हतियारको बढ्दो घुसपैठ, बढ्दो राजनीतिक हत्याका घटनाहरु बढे । यस्तै सामाजिक सञ्जालमा भडकाऊ सामाजिक सञ्जाल सन्देशहरू जस्ता घटनाहरूको श्रृंखला प्रकाशमा आयो ।

यसले पञ्जाबमा एक प्रकारको असहजता सिर्जना गरिरहेको छ । क्यानडा र यसका पश्चिमी सहयोगीहरूसँगको भारतको द्विपक्षीय सम्बन्धमा नकारात्मक असर परिरहेको छ। अक्टोबर २०२१ मा खालिस्तान निर्माणका लागि अस्वीकृत जनमत संग्रह गराएर र भारतविरुद्ध नियमित धम्की दिएर बदनाम भएका खालिस्तानी पृथकतावादी गुरपतवन्त सिंह पन्नुनले आफू र आफ्नो संगठन ‘सिख्स फर जस्टिस’ -एसएफजेलाई अमेरिकासँग कूटनीतिक वार्तामा प्राथमिकता दिन सफल भए । दल खालसा र शिरोमणि अकाली दल जस्ता अन्य खालिस्तान समर्थक समूहहरूले पन्नुनलाई पञ्जाबी युवाहरूलाई पैसाको प्रलोभनमा गैरकानूनी गतिविधिहरू गर्न प्रलोभन दिएको आरोप लगाएका छन्, जबकि उनी आफैं अमेरिकी नागरिकको रूपमा गिरफ्तारीबाट कूटनीतिक सुरक्षा पाएका छन्।

मे र जुन महिनामा अमृतपाल सिंहको चिन्ताजनक अवस्थापछि विदेशमा तीन खालिस्तानी पृथकतावादी मारिए। आतंकवादी संगठन खालिस्तान कमाण्डो फोर्सका प्रमुख परमजीत सिंह पञ्जवारलाई मे महिनाको सुरुमा पाकिस्तानको लाहोरमा गोली हानी मारिएको थियो। जुन १९ मा क्यानडास्थित खालिस्तान टाइगर फोर्स (केटीएफ) का प्रमुख हरदीप सिंह निज्जरको भ्यानकुभरमा हत्या भएको थियो र त्यसको एक साताअघि खालिस्तान लिबरेसन फोर्सका प्रमुख अवतार सिंह खाँडाको बर्मिंघमको अस्पतालमा मृत्यु भएको थियो। बेलायतस्थित भारतीय उच्चायोगबाट भारतीय झण्डा हटाएपछि खाँडा चर्चामा आएका थिए ।

सेप्टेम्बर १८ मा, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा ूभारत सरकारका एजेन्टहरूू संलग्न भएको आरोप लगाए। एउटा दाबी जुन नयाँ दिल्लीले ‘बेतुका’ र ‘प्रेरित’ भनी अस्वीकार गर्यो। त्यसपछि अमेरिकाले पन्नुको हत्याका लागि न्यूयोर्कमा ‘घातक षड्यन्त्र’ रचिएको आरोप लगाएको थियो । यो विषय यति गम्भिर बनेको छ कि अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्स र नेशनल इन्टेलिजेन्सका निर्देशक एभरिल हेन्सको अगस्ट र अक्टोबरमा भ्रमण पछि, एफबीआई निर्देशक क्रिस्टोफर रे पन्नुन हत्याको षड्यन्त्रको छानबिन गर्न भारत भ्रमणमा छन् ।

यी सबै घटनाक्रमलाई विश्लेषण गर्दा प्रश्न उठ्छ कि खलिस्तानी पृथकतावादको पतन भएको दशकौं बितिसक्दा पनि यो जातीय-क्षेत्रीय अवधारणाको निरन्तरता कसको पक्षमा छरु बब्बर खालसा इन्टरनेशनल (बीकेआई) र इन्टरनेशनल सिख युथ फेडरेशन (आईएसवाइएफ) जस्ता संगठनहरूले पश्चिमी देशहरूमा कसरी आफ्नो गतिविधि जारी राखेरु सन् १९८४ को कनिष्क विमानमा एयर इन्डियाको विमानमा बम विष्फोटजस्ता आतंकवादी घटना दोहोर्‍याउने धम्की पन्नुनले खुलेरै दिए पनि इन्टरपोलले पन्नुनविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने भारतको अनुरोधलाई दुई पटक अस्वीकार गरिसकेको छ ।

कुनै पनि अनुसन्धानले यी सबै तथाकथित खालिस्तानी ‘नेताहरूको पाकिस्तानसँगको सम्बन्ध र आपराधिक गिरोहसँग सम्बन्धित गतिविधिहरूमा उनीहरूको संलग्नताको भारी र गम्भीर प्रमाणलाई बेवास्ता गर्नु हुँदैन। के पञ्जाबका गुण्डाहरू आप्रवासी पहिचान र पाकिस्तानसँग लिङ्क भएकाहरूले जानाजानी आफ्नो सिख पहिचानलाई उनीहरूका हिंसात्मक राज्य विरोधी अपराधहरूबाट मुक्त हुनको लागि प्रयोग गरिरहेका छन् ।

यस वर्षको सुरुमा, जसवंत सिंह ठेकेदार, पूर्व खालिस्तानी नेता र दल खालसाका संस्थापकले पन्नुनद्वारा संचालित खालिस्तान जनमत संग्रहलाई भारतको विरुद्धमा एक ढाँचाको रूपमा वर्णन गरे । जसको उद्देश्य जनतालाई भ्रमित गर्ने थियो । जानकारहरुका अनुसार यो पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको रणनीति थियो ।

२०१४ देखि जेलमा रहेका तीस वर्षीय लरेन्स बिश्नोई बढ्दो आतंककारी, गुन्डा र लागूऔषध तस्करी सिन्डिकेटको नेतृत्वमा छन्। उनका मुख्य सहयोगीहरूमा सतिन्दरजीत सिंह उर्फ ​​गोल्डी ब्रार पनि पर्छन्, जो हाल फ्लोरिडामा रहेको आशंका गरिएको ‘सिद्धु मूसेवाला’ हत्याका मुख्य योजनाकार हुन्। ग्याङ्स्टर अर्शदीप गिल उर्फ ​​अर्श डल्ला क्यानडामा बस्छन्, खलिस्तान टाइगर फोर्स -केटीएफका समर्थक हुन् र कथित रूपमा भारतमा आतंकवादी हमलाको योजना र आदेशमा भाग लिइरहेका छन् । पञ्जाबका कांग्रेस नेताको हत्यामा पनि उनको संलग्नता छ। आतंक र हत्याका हमलाहरूका लागि धेरै पाक आईएसआई समर्थित केटीएफ मोड्युलहरू सिर्जना गर्न उनी संलग्न छन्।

डिसेम्बर ५ मा, ‘राष्ट्रिय राजपूत करणी सेना’का अध्यक्ष सुखदेव सिंह गोगामेडीलाई ‘राजस्थान राज्यमा धार्मिक रूपमा प्रेरित दंगा भड्काउने’ उद्देश्यले बिश्नोईका नजिकका सहयोगी रोहित गोदाराले हत्या गरेका थिए। नोभेम्बरको अन्त्यमा, अज्ञात बन्दुकधारीहरूले पञ्जाबी गायक र अभिनेता गिप्पी ग्रेवालको भ्यानकुभरको घरमा गोली चलाएको थियो। क्यानडाको सरे सहरमा फिरौती कलको बढ्दो प्रवृत्तिबाट व्यवसायीहरू खतरामा परेका छन्।

झण्डै एक दशक जेलमा रहेर पनि बिश्नोईले पञ्जाबदेखि क्यानडासम्म फैलिएको ठूला ठूला ठूला फिरौती र्‍याकेट र ठूलो मात्रामा लागुऔषध ओसारपसारलाई कसरी संचालन गरिरहेका छन् । यसको नियन्त्रण किन हुन सकेन भन्ने प्रश्न उठेको छरु रिपोर्टहरूले भन्छन् कि बिश्नोईले आफ्ना सहयोगीहरूसँग कुराकानी गर्न भ्वाइस-ओभर, आईपी कलहरू जस्ता प्रविधिहरू प्रयोग गर्छन्, जसले उनलाई केही जेल अधिकारीहरूबाट सहयोग प्राप्त भइरहेको सम्भावनालाई संकेत गर्दछ।

भ्रष्टाचार संगठित अपराध र आतंकवादको प्रवर्द्धनसँग जोडिएको वास्तविकतालाई परिचालनात्मक दृष्टीकोणका साथ सुरक्षा चिन्ताको रूपमा माथि उठाउनुपर्छ।

यसैबीच, भारत र क्यानडाबीचको तनावपूर्ण सम्बन्धको छायाँमा गिरोह र चन्दा असुलीसँग जोडिएका गोलीकाण्डका घटना बढेका छन् । पश्चिमका डायस्पोरा सिख समुदायहरू, विशेष गरी क्यानडामा, जबरजस्ती फिरौती र खालिस्तानको समर्थनको माग गर्ने आपराधिक गिरोहहरूबाट नियमित रूपमा उत्पीडन र हिंसाको धम्कीको सामना गरिरहेका छन् । खालिस्तान समर्थक प्रचारको विरोध गर्ने डायस्पोरा सिख समुदायलाई अब आफूलाई बचाउन अप्ठेरो हुन् थालेको छ। यस पृष्ठभूमिमा, भारत र क्यानडाका सुरक्षा निकायहरूले दुवै देशका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि आफ्नो सहयोग अभिवृद्धि गर्नु महत्त्वपूर्ण छ।

  • वैशाली रणनीतिक र आर्थिक मामिला विश्लेषक हुन्। उनले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा करिब एक दशक काम गरेकी छन् । तहलका न्युज नेटमा प्रकाशित वैशालीको लेख पर्दाफास डटकमले भावानुवाद गरेको हो ।
  • x- @basu_vaishali

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *