श्रीलंकाका विदेशमन्त्री बुधबार नेपाल आउँदै

श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी बुधबार नेपालको तीनदिने भ्रमणमा आउन लागेका हुन्।

उनको नेपालको भ्रमणको मुख्य उद्देश्य नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुनु हो भने यहाँ रहँदा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्।

उनी शुक्रबार स्वदेश फिर्ता हुने कार्यतालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर