अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश ढकालले अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताए।

उनले अदालत व्यवस्थापनको कार्यमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू रहेको उल्लेख गर्दै दीर्घकालीन रूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा सो प्रविधिलाई संस्थागत गर्ने स्पष्ट पारे।

उनले कोर्टरूम टेक्नोलोजीको प्रयोग गरी मुद्दा व्यवस्थापन, सुनुवाइ र बहस व्यवस्थापन गर्न हालको अवस्थालाई थप सुदृढ पार्ने बताए।

उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्सको प्रचुर मात्रामा प्रयोग हुँदै आएको वर्तमान समयमा अदालत व्यवस्थापनको कार्यमा यस प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू छन्। तसर्थ दीर्घकालीन रूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई संस्थागत र्ने कार्यमा क्रियाशील हुन चाहन्छु।’

प्रस्तावित न्यायाधीश ढकालले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता र वातावरणीय स्वच्छतालगायतका संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गराउने बताए।

त्यसैगरी पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको सम्बोधन एवं सामाजिक न्याय र समावेशिता जस्ता कुराहरूलाई पनि कार्यान्वयन गराउने कुरामा प्रतिबद्धता व्यक्त गरे।

उनले न्याय सेवाको गुणस्तर, व्यवस्थापनको चुस्तता, सेवाग्राहीमुखी कार्यसम्पादन, सहज कार्यवातावरण जस्ता आम न्यायका उपभोक्तालाई सुविधायुक्त सेवा प्रवाह गर्ने कुरामा समर्पित रहने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *