एकीकृत समाजवादीको सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो । सोही समितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

उनले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको र प्रस्तावउपर आज छलफल भएको बताए । उनले प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर