सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जनाको नाम संसदीय सुनुवाइ समितिबट सर्वसम्मतिले अनुमोदन भएको छ।

शुक्रबारदेखि सुरू भई सोमबार सुनुवाइ सकिएका उनीहरूको नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो। सो बैठकले सर्वसम्मत उनीहरूको नाम अनुमोदन गरेको हो।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको अनुमोदन भएको हो।

अब उनीहरूले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरू गर्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *