काठमाडौं आइपुगे श्रीलंकाका विदेशमन्त्री

श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री नेपाल आइपुगेका छन्।

नेपालको चारदिने भ्रमणका लागि साब्री बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनको नेपाल भ्रमणको प्रमुख उद्देश्य नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुनु हो।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ।

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाको प्रतिनिधिमण्डलको नेतृत्व साब्रीले गर्ने छन्।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत हुने छ।

श्रीलंकाका पूर्वअर्थमन्त्रीसमेत रहेका साब्रीले यहाँ रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् ।

उनी शनिबार स्वदेश फर्किने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर