सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।

न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

न्यायाधीशमा नियुक्ति पाउनेहरूमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यसअघि बुधबारको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मतिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।

राष्ट्रपतिबाट नियुक्ति पाएसँगै अब शपथ ग्रहण गरेर उनीहरूले सर्वोच्चको न्यायाधीशका रूपमा कामकाज सुरू गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *