अध्यागमन विभागले गर्‍याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ।

बुधबार विभागको टोलीले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो।

अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्कहरू राखेर सेवा दिँदै आएको बताए।

उनले विदेशी नागरिकका लागि ४ वटा काउन्टर र नेपाली नागरिकका लागि १० वटा काउन्टर राखेर सेवा प्रदान गर्दै आएको बताए। उनले हाल दैनिक ९ हजारदेखि १० हजार यात्रुहरू नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरिरहेको बताए।

उनले एक कर्मचारीले तीन सयदेखि चार सयको हाराहारीमा यात्रुहरूलाई पठाउने काम गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर