सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्ति न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका थिए।

संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो। उनीहरूको गत मंसिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो।

न्याय परिषद्को गत मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीशका लागि उनीहरूको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर