माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन्। उनी दोस्रो कार्यकालका लागि पुनः सो पदमा नियुक्त भएका हुन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।

साढे २ दशकभन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरका रूपमा परिचित छन्।

कोइरालाको पहिलो कार्यकालमा बैंक वित्तीय सूचकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल साबित हुन सफल भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर