नियमनकारी निकाय कब्जा गरेर नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन् ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

उनले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए ।

वैदेशिक एजेन्सीहरूले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरूमा निरपेक्ष रूपमा आर्थिक मितव्ययिताका लागि सर्त आवश्यक रहेको बताए ।

उनले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजनाहरू बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरूको आवश्यकता नभएको बताए । उनले सरकारले लैंगिक, धार्मिक, जातीय अवस्थालाई समावेश गर्ने खालका नीतिहरू बनाउन सके संघीयता त्यसको एउटा अंश हुन सक्ने बताए ।

उनले सिंहदरबारमा १० जना एड्भाइजर राखिएको तर अब कोशी, कर्णालीमा पनि राख्नुपर्छ भन्ने कुरा आफू सरकारमा गए खारेज गर्ने बताए । उनले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर