टीआरसी विधेयक राजनीतिक सहमतिमा टुंग्याऔं : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने बताएका छन्।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने धारणा राखेका हुन्।

उनले यो विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा पटक-पटक छलफल भएको भए पनि सहमति जुट्न नसकेको बताए। उनले यो विधेयकलाई संसदीय प्रक्रियाअनुरूप टुंग्याउने भन्दा पनि सहमतिमा टुंग्याउन प्रयास गर्नुपर्ने बताए।

उनले शीर्ष तहमा छलफल भइरहेको भन्दै सहमतिको प्रयास सम्भव नभएमा मात्रै अर्को विकल्प सोच्नुपर्ने बताए। उनले सहमतिको प्रयासलाई छाडेर प्रक्रियामा गएर टुंग्याउँदा गलत सन्देश जान सक्ने बताए।

उनले मुलुकलाई युद्धबाट शान्तिमा ल्याउने बृहत् शान्ति सम्झौतासँग जोडिएको विषय भएकाले यो विधेयकलाई अन्य विधेयकजस्तो सहज ढंगले लिनु नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर