भक्तपुरमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा बोलेरो गाडीले ठक्कर दिएर पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार बोलेरो गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा शनिवार मृत्यु भएको हो।

सूर्यविनायक नगरपालिका-९, जगातीस्थित पुलमा जगातीबाट साँगातर्फ जादै गरेको बा १० च ८२८३ नम्बरको बोलेरोले सोही दिसाबाट आँउदै गरेका पैदलयात्री रोल्पाका ३१ वर्षीय अर्जुन घर्तीमगरलाई ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगलमा ल्याइएको थियो।

उनको उपचारका क्रममा शनिवार दिउँसो १:१५ बजे मृत्यु भएको हो।

बोलेरो र त्यसका चालक सूर्यविनायक नगरपालिका-१०, नलिन्चोकका ५६ वर्षीय विश्वनाथ हेंगजुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *