संसद सुचारू हुन ढिला भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउँछौं : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले संसद सुचारू हुन ढिला भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन्।

शनिवार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद सञ्चालन हुन ढिला भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका हुन्।

उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए।

उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै संघीय कानुनहरू पारित गर्ने तयारी रहेको बताए।

उपसभापति गुरूङले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर