भक्तपुरमा मृत भेटिए प्रहरीका सई

भक्तपुरमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) मृत फेला भेटिएका छन्। सिपाडोलस्थित घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेका हुन्।

भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) वेद विष्टका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठाभित्र मृत भेटिएका हुन्।

घटनाको जानकारीलगत्तै प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर