१४ किलो सुन तस्करी गर्ने गिरोहका मीनबहादुर र चन्द्र घलेले १३८ किलो सुन भित्र्याएकाे निष्कर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणका सम्बन्धमा गठित छानिबन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।

समितिका अनुसार १४ किलो सुनसहित विमानस्थलबाट पक्राउ परेका गोरखाका मीनबहादुर घले र चन्द्र घलेले पटक-पटक गरी अहिलेसम्म १३८ किलो सुन अवैध तरिकाले भित्र्याएको खुलेको छ।

विमानस्थलबाट मंसिर २२ गते बरामद १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिले अनुसन्धानका क्रममा १३८ किलो सुन त्यसैगरी भित्रिएको पत्ता लगाएको हो।

समितिले बुझाएको प्रतिवेदनमा दुबईबाट अंकित अग्रवाल र गुरू भनिने दुई भारतीय नागरिकले मीनबहादुर घले र चन्द्र घलेमार्फत सुन पठाउने गरेको भेटिएको उल्लेख छ।

यसरी सुन ल्याउन मीनबहादुर र चन्द्र घलेसँगै स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पनि संलग्न रहेको पाइएको छ।

त्यसरी ल्याइने सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसीलगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार चेकजाँच छलेर सुन बाहिर निकाल्ने गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

रमेश देउला, राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेकबहादुर तामाङ र शेरबहादुर बस्नेतलगायतका विमानस्थलमा सफाइदेखि शौचालयमा काम गर्ने जिम्मेवारी पाएकाहरूले सुनलाई चेकजाँच छलाएर बाहिर पुर्‍याउँथे।

त्यसरी बाहिर पुगेपछि चन्द्र बहादुर घलेले सुन सम्बन्धित व्यक्तिलाई दिने गरेको अनुसन्धानबाट खुलेको छ।

मंसिर २२ गते सुन लिएर दुबईबाट आएका चन्द्र घलेले सेतो स्टकोटमा सातवटा गोजी बनाएर २/२ किलोका बिस्कुट आकारका ७ वटा सुन ल्याएका थिए।

उनी भन्सार जाँच हुने स्थानमा नआई शौचालय जान लाग्दा भन्सार कार्यालयको टोलीले पक्राउ गरेको थियो। उनीसँग बयानका आधारमा विमानस्थलबाट यसैगरी १३८ किलो सुन भित्र्याएको बताएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर