राजनीतिले मुलुकलाई पीडा मात्रै दियो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडा मात्रै दिएको टिप्पणी गरेका छन्।

राजनीतिलाई अनुत्पादक क्षेत्रको रूपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिरसमेत गरे।

आइतबार काठमाडौंमा आयोजित ‘पाँचौं बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरू कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्कसमेत गरे।

उनले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गरे। देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरू बिदेसिने क्रम बढिरहेको पनि बताए।

उनले साहित्यकारहरूले आफ्नो सिर्जनाको भरपुर लाभ लिन पाउनुपर्ने बताए।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालीस हजार रूपैयाँ नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।

मनोजबाबु पन्तको ‘बूढो लाँकुरीको रूख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचाैं वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा-२०८०’ पनि विमोचन गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर