बिजुली काटिएका उद्योगका मजदुरहरू प्रदर्शनमा

नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरू यसविरूद्ध विरोध प्रदर्शनमा उत्रिएका छन्।

विद्युत लाइन काटिएका बाराको सिमरास्थित जगदम्बा स्टील, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टलीमा कार्यरत मजदुरहरूले बुधबार प्रदर्शन गरेका छन्।

बुधबार बिहान जगदम्बा स्टील उद्योगका मजदुरहरूले प्रदर्शन सुरू गरेका थिए। त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टीलमा कार्यरत मजदुरहरू पनि प्रदर्शनमा उत्रिएका हुन्।

जगदम्बा स्टीलमा करिब ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिब २ हजार ५ सय र हुलास स्टीलमा करिब एक हजार ५ सय मजदुरहरू कार्यरत छन्।

आ-आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी संकटमा परेको भन्दै मजदुरहरूले प्रदर्शन गरेका छन्। उनीहरूले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरू परेको गुनासो गरेका छन्।

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको हो।

मजदुरहरूले विद्युत लाइन काटिँदा करिब ६ हजार जनाको रोजगारी संकटमा परेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर