सन्दीपविरूद्धको मुद्दामा आज सकिएन बहस, भोलि फेरि सुनुवाइ

काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरू गरिए पनि आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा भएकाले अदालत बन्द थियोे ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर