गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाइएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध उनको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।

अधिकारीसँग गभर्नर नियुक्त हुन आवश्यक योग्यता नरहेको भन्दै रिट परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर