त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन्।

शुक्रबार राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराती यस्तो बताएका हुन्।

उनले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदा पनि अब समयको मागअनुरूपको परिणाम दिन नसक्ने उनको भनाइ छ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताए। उनले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लाने गरी प्रक्रिया अगाडि बढाएको पनि बताए।

उनले अहिले विमानस्थलहरू घाम तापेर बस्नुपरेको बताए। त्यस्तै दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरू पनि गौरचणमा परिणत भएको उनले बताए।

मन्त्री किरातीले युरोपियन युनियनले नेपालको हवाई उडानलाई कालोसूचीमा राख्नको कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचीबाट हटाउने बताए। उनले सो १२ बुँदाअनुरूप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडि बढेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर