वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : योगेश भट्टराई

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए ।

उनले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याए पनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताए । भट्टराईले निगमलाई निजी नभई नेपाल टेलिकमको मोडलमा लैजान आफू मन्त्री भएका बेला काम थालेको पनि बताए ।

उनले नेपाल एयरलाइन्सले २२ अर्ब रूपैयाँ नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताए । उनले २२ अर्ब रूपैयाँ नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताए ।

उनले २२ अर्ब रूपैयाँ नाफा भए निगमलाई ५० अर्ब रूपैयाँको ऋणमा २२ अर्ब घटाउन आग्रह गरे ।

उनले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताउनु भयो ।

उनले नोपलको हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयू) को कालोसूचीमा राख्नुमा ईयूको आफ्नै स्वार्थ रहेको बताए । उनले यसको एउटा मात्रै नभएर राजनीतिक तथा विश्व ध्रुवीकरणलगायत कारण रहेको बताए ।

उनले सरकारले प्राधिकरण टुक्य्राउने शर्तलाई मान्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर