अमेरिका पठाइदिन्छु भन्दै १५ लाख र माल्टा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला र एक पुरूष छन् ।

उनीहरू ठगीको छुट्टाछुट्टै घटनामा पक्राउ परेका हुन् । दुवैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले काटमाडौंबाट पक्राउ गरेको हो ।

अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६, सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम लिएको आरोप छ ।

यस्तै माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५, स्वयम्भू बस्ने जुम्लाको हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाही पनि बिहीबार नै पक्राउ परेका छन् ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी आरोप छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *