प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीहरूले भने- संघीयता कार्यान्वयनमा गम्भीर बन्नुस्

प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले प्रदेशको अधिकार सूचीका विषयहरु हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

शुक्रबार हेटौँडामा अन्तर प्रदेश समन्वय बैठकमा सहभागी भएर काठमाडाै आएका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। हेटाैंडाकाे भेलाले संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेकाे थियाे।

शनिवार प्रधानमन्त्रीसँगकाे भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो। मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्। कार्यव्यतताका कारण मुख्यमन्त्री शाह काठमाडौं नआएका हुन्। अन्य ६ जना मुख्यमन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर