बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई थप आर्थिक सहायता दिँदैछौं : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। सरकारले दिएको १० लाख रूपैयाँ आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको उनले जानकारी दिए।

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिएको र केही बेरपछि मृतकका परिवारलाई थप रकम दिने निर्णय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले मृतकका परिवारलाई रोजगारी दिने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले सो घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको र त्यसले दिएको सुझावका आधारमा दोषीमाथि कानुनी कारबाही गरिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सो घटनामा आफ्नो केही कमजोरी रहेको स्वीकार गरिसकेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर